Listen Live

दोलखाको ३ स्थानीय तहबाट किरिया पुत्रिले गरे मतदान ।।।

दोलखाको ३ स्थानीय तहबाट किरिया पुत्रिले गरे मतदान ।।।

मंसीर १०, चरिकोट


दोलखाको ३ स्थानीय तहबाट किरिया पुत्रिले मतदान गरेका छन् ।


जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ४, मेलुंग गाउपालिका वडा नम्बर २  र शैलुग गाउपालिका वडा नम्बर ५ मा किरिया पुत्रिले मतदान गरेका छन् ।


५ दिनदेखि बुबा पदम प्रसादको काजकिरिया गरिरहेका किरियापुत्रि दुर्गाप्रसाद चौलागाई र रुद्र प्रसाद चौलागाईले भीमेश्वर नगरपालिका ४ को सर्वमावि जिलु मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
यसैगरी ११ दिनदेखि आमा मनमाया खड्काको काजकिरिया गर्नुभएका बद्रि खड्काले मेलुंग २ को कालिका मावि क बाट मतदान गर्नुभएको छ ।


त्यसैगरी आमा रत्न कुमारी कार्कीको काजकिरिया मा बस्नुभएका गणेश बहादुर कार्की र श्याम बहादुर कार्की ले शैलुंग गाउपालिका वडा नं. ५ वीरेन्द्र मावि मतदान केन्द्र बाट मतदान गर्नुभएको छ ।

सविधान कार्यान्वयनको लागि अहिलेको चुनाव महत्वपुर्ण रहेकोले आफुहरु शोकमा भए पनि मतदान गर्न आएको चौलागाई दाजुभाई बताउनुभयो ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP