Listen Live

दोलखामा अहिलेसम्म ५५ प्रतिशत मतदान

मंसीर १०, चरिकोट


दोलखामा अहिलेसम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।


जिल्लाका ९४ मतदान स्थल र एक सय ९० मतदान केन्द्रमा हाल सम्म ५५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिनुभयो ।

अहिले मतदाता आउने क्रम केही कम भएको छ । तर बेलुका पाँच बजेसम्म मतदान केन्द्रमा कर्मचारी बस्नेछन् ।

दोलखामा ७३ हजार ८ सय ७८ पुरुष र ७४ हजार ४५ जना महिला गरी एक लाख ४७ हजार ९ सय २३ जना मतदाता छन् ।



Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP