Listen Live

दोलखाको ७ मतदान केन्दको मतपेटिका भोली मात्रै सदरमुकाम आइपुग्ने

उषा तामाङ


मंसीर १०, चरिकोट


दोलखामा ५५ देखी ६० प्रतिशतको हाराहारीमा मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।


सम्पुर्ण मतदान अधिकृतहरु सदरमुकाम चरिकोट नआइपुगेकाले एकिन जानकारी नभए पनि करिव ५५ देखी ६० प्रतिशतको हाराहारीमा मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिनुभयो । स्थानीय तहको चुनावमा भने ७५ प्रतिशत मतदान भएको थियो ।


मुख्य निर्वाचन अधिकृतको कार्यालय परिषर अर्थात जिल्ला अदालत दोलखा परिषरमा नजिकका मतदान केन्द्रबाट मतपेटिका ल्याइएको छ ।


यसैगरी दोलखाको उत्तरी क्षेत्रको विकटमा पर्ने ७ मतदान केन्द्रबाट मतपेटिका भोली मात्रै आइपुग्ने भएको छ । सबैभन्दा टाढा मतदान केन्द्र रहेको लप्ची, वेदिङ, लुम्नाङ, टासिनाम, सिमीगाउ, खारे, छासेखारे लगायतका स्थानका मतपेटिका पनि उच्च सुरक्षाका साथ स्थल मार्गबाट नै ल्याइने भएकाले भोली सम्म आइपुग्ने दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिनुभयो ।


प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि दोलखाबाट ३८ उम्मेद्ध्वार चुनावी मैदानमा उत्रिएका छन् । दोलखामा ७३ हजार ८ सय ७८ पुरुष र ७४ हजार ४५ जना महिला गरी एक लाख ४७ हजार ९ सय २३ जना मतदाता रहेका छन्् ।


स्थानीय तह निर्वाचनमा दोलखाका एक लाख  ३३ हजार ४ सय ८४ जना सहभागी भएका थिए । स्थानीय तह निर्वाचनका लागि जिल्लामा एक सय ७८ मतदान केन्द्र रहेकामा आज हुने निर्वाचनका लागि एक सय ९० मतदान केन्द्र तोकिएको थियो ।


Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP