Listen Live

दोलखामा वाम गठबन्धनको क्लिन स्वीप

दोलखामा वाम गठबन्धनको क्लिन स्वीप

उषा तामाङ


मंसीर २३, दोलखा


दोलखामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।


प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार पार्वत गुरुङ ३० हजार भन्दा बढि मतअन्तरले विजयी हुनुभएको छ । गुरुङ नेपाली काङ्ग्रेसका रुद्र बहादुर खड्का भन्दा ३० हजार ६ सय ४४ बढि मत ल्याएर विजयी हुनुभएको हो । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार पार्वत गुरुङको कुल ५५ हजार ४ सय ५७ मत आएको छ भने नेपाली काङ्ग्रेसका रुद्र बहादुर खड्काको २४ हजार ८ सय १३ मत आएको छ ।


यसैगरी प्रदेश सभा तर्पm पनि वाम गठबन्धनका उम्मेद्धार भारी मत अन्तरले विजयी भएका छन् । प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेद्धार नेकपा माओवादि केन्द्रका विशाल खड्का १५ हजार ३ सय ९४ मत बढि ल्याएर विजयी हुनुभएको छ । खड्काको २८ हजार ३ सय ५० मत आएको छ भने उहाँका प्रतिष्पर्धि नेपाली काङ्ग्रेसका बर्मा लामाको १२ हजार ९ सय ५६ मत आएको छ ।


प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार पशुपति चौलागाई १२ हजार १ सय ७८ बढि मत ल्याएर विजयी हुनुभएको छ । एमालेका उम्मेद्धार पशुपति चौलागाइको २३ हजार ५८ मत आएको छ भने उहाँका प्रतिष्पर्धि नेपाली काङ्ग्रेसका केशवराज चौलागाईको १० हजार ८ सय ८० मत आएको छ ।


यसैगरी प्रदेशसभा ‘ख’ मा नेकपा एमाले छोडेर नेकपा मालेबाट उम्मेद्धारी दिनु भएका लालकुमार केसीको ३ हजार ४ सय १४ मत ल्याउनुभएको छ ।


Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP