Listen Live

दोलखाका ३ सिटमै विजयी वाम गठबन्धनका जनप्रतिनिधि को कस्ता ?

दोलखाका ३ सिटमै विजयी वाम गठबन्धनका जनप्रतिनिधि को कस्ता ?

उषा तामाङ


मंसीर २३÷चरिकोट


दोलखा प्रतिनिधि सभाका उम्मेद्धार पार्वत गुरुङ ५५ हजार ४ सय ५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । गुरुङ नेपाली काङ्ग्रेसका रुद्र बहादुर खड्का भन्दा ३० हजार ६ सय ४४ बढि मत ल्याएर विजयी हुनुभएको हो । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार पार्वत गुरुङको कुल ५५ हजार ४ सय ५७ मत आएको छ भने नेपाली काङ्ग्रेसका रुद्र बहादुर खड्काको २४ हजार ८ सय १३ मत आएको छ ।

गौरिशंकर गाउँपालीका वडा नम्बर ५, सुरीमा २०२५ साल श्रावण ५ गते जन्मनुभएको थियो । गुरुङ २०३७ सालमा हलेश्वर निमाविको स्ववियु सभापति हुदै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि सदस्य बन्नुभएको थियो । २०४६ सालमा सुरी गाउँ कमिटि सचिव, २०५४ सालमा जिविस सदस्य, २०६६ सालमा जिल्ला कमिटि दोलखाको अध्यक्ष हुदै २०७० सालको संविधान सभाको निर्वाचनबाट दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । उहाँ हाल नेकपा एमाले केन्द्रिय सदस्य एवम् दोलखा इन्चार्ज हुनुहुन्छ ।


यसैगरी प्रदेश सभा तर्पm पनि वाम गठबन्धनका उम्मेद्धार भारी मत अन्तरले विजयी भएका छन् । प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेद्धार नेकपा माओवादि केन्द्रका विशाल खड्का १५ हजार ३ सय ९४ मत बढि ल्याएर विजयी हुनुभएको छ । खड्काको २८ हजार ३ सय ५० मत आएको छ भने उहाँका प्रतिष्पर्धि नेपाली काङ्ग्रेसका बर्मा लामाको १२ हजार ९ सय ५६ मत आएको छ ।


गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगू स्थायी घर भएका खड्का २०३६ सालमा जन्मनुभएको थियो । अखिल क्रान्तिकारी दोलखाको जिल्ला अध्यक्ष हुदै राजनिति यात्रा गरिरहनुभएका खड्का पार्टीको जिम्मेवारीमा सक्रिय भई भुमिगत भइरहेका बेला करिब ४ वर्षपछि नेपाली सेनाको गिरफतारीमा पर्नुभएको थियो । जेल जिवन ८ वर्ष बिताएपछि उहाँ जेलबाट मुक्त हुनुभएको थियो ।
उहाँले २०७० सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनि करिव साँढे ९ हजार मत ल्याउनुभएको थियो । खड्का सहिद रितवहादुर र नेतृ देवीका सहोदर भाई हुनुहुन्छ । उच्च मावि अध्ययन गर्दा गर्दै भूमिगत भएका खड्का माओवादी केन्द्र भित्र योजनाकारका रुपमा चिनिनुहुन्छ ।

प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार पशुपति चौलागाई १२ हजार १ सय ७८ बढि मत ल्याएर विजयी हुनुभएको छ । एमालेका उम्मेद्धार पशुपति चौलागाइको २३ हजार ५८ मत आएको छ भने उहाँका प्रतिष्पर्धि नेपाली काङ्ग्रेसका केशवराज चौलागाईको १० हजार ८ सय ८० मत आएको छ ।


दोलखाको काब्रे ४ मा २०२० सालमा फागुण ५ गते जन्मनुभएका चौलागाई २०३७ सालमा संगठित सदस्य भई पार्टी राजनितिमा लाग्नुभएको थियो । उहाँ २०३७ सालदेखी जिल्ला कमिटी सदस्य हुदै सचिव, अञ्चल कमिटी सदस्य, बाग्मती अञ्चल सचिव, वैकल्पिक केन्द्रिय कमिटी बाग्मती अञ्चल समन्वय समितीका इन्चार्ज, बाग्मती अञ्चल समन्वय कमिटीको इन्चार्ज हुनुभएको थियो । राजनितिक जीवनको सुरुवातमै उहाँ २०३६ सालदेखी २०६३ सालसम्म १७ पटक गिरफतारीमा पर्नुभएको थियो भने २०४५ मा उहाँलाई राजकाज मुद्दा लागेको थियो । उहाँ २०७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद विजयी हुनुभएको थियो । बैचारिक,कुशल नेतृत्व, विकास र समृद्धीको सही खाका र स्पष्ट दृष्टिकोण बोक्नुभएका नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनुभएका चौलागाई प्रदेश नम्बर २ बाट विजयी हुनुभएको छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP