Listen Live

पत्रकार महासंघ दोलखाको भवन निर्माण कार्य अघि बढ्दै, सहयोग गरिदिन आग्रह

उषा तामाङ


पौष २, चरिकोट


नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माण कार्य अघि बढ्ने भएको छ । सदरमुकाम चरिकोटमा दोलखाका सरोकारवालाको पहँुच र प्रभाव पुग्ने गरी सुविधा सम्पन्न भवन निर्माण गरिने भएको हो ।


२०६९ सालमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष शिव गाउँलेले भवन शिल्यानास गर्नुभए पनि भवन निर्माण कार्य अघि बढ्न सकेको थिएन । भवन निर्माणलाई तदारुकताका साथ अघि बढाउनका लागी विभिन्न उपसमिति गठन भएका छन् । यस अघि महासंघका पदाधिकारी रहने गरि भवन निर्माण समिति बनिसकेको अवस्थामा अनुगमन, आर्थिक तथा खरिद उपसमिति निर्माण गरिएको हो ।


चिरन्जीवि मास्केको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । सदस्यहरुमा रमेश खतिवडा, लक्ष्मण खड्का, होम पाठक, शरदचन्द्र सापकोटा, निता राउत र उद्धव प्रसाद पोखरेल रहनुभएको छ । यसैगरी राजेन्द्र मानन्धरको संयोजकत्वमा गठन भएको अनुगमन समितिका सदस्यहरुमा शम्भु गौतम, प्रेश युनियन दोलखाका अध्यक्ष दिप शंकर चौलागाई, प्रेश चौतारी दोलखाका अध्यक्ष मोहन रिजाल, प्रेश सेन्टर दोलखाका कार्यवाहक अध्यक्ष शिवकुमार भुजेल रहनुभएको छ । मन्दिरा थापाको संयोजकत्वमा खरिद उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा शिवजी प्रधान, सुवास योन्जन, प्रभु जिरेल र श्याम खतिवडा रहनुभएको छ ।


दोलखाका सरोकारवालाको पहँुच र प्रभाव पुग्ने गरी सुचना केन्द्र, सभा कक्ष, लाइव्रेरी सहितका व्यवस्था हुने गरी र्निाण हुन लागेको सुविधा सम्पन्न भवनमा पत्रकारहरुका प्रशासनिक कक्ष, तालीम कक्ष, समाचार सम्पादन, लेखन गर्न सक्ने क्षमताको भवन निर्माण हुने छ ।


भवन निर्माण कार्यलाई पारदर्शी ढंगले विभिन्न दाताले दिएको सहयोग पुर्ण रुपमा सदुपयोग हुने हिसाबले काम अघि बढाउन र दोलखाली पत्रकारको शिर उचो हुने गरी काम अघि बढाउनका लागी अनुगमन समितिले कार्य गर्ने अनुगमन उपसमितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।


भवन निर्माणका लागी आवश्यक पर्ने निर्माण सामग्री कोटेशन आव्हान गरी निर्माण प्रक्रिया अघि बढाइने नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । भवन निर्माणका लागी आफुले सकेको सहयोग गरिदिन सम्पुर्णमा महासंघ दोलखाले आग्रह समेत गरेको छ ।


सदरमुकाम चरिकोट स्थित लामाचौर सामुदायीक वन उपभोक्ता समुहको २ सय वर्गमिटर जमिन नेपाल सरकारले भोगचलनका लागी जग्गा प्रदान गरेको हो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP