Listen Live

भुकम्प पछि दोलखामा राहदानी बनाउनेको संख्यामा वृद्धि

भुकम्प पछि दोलखामा राहदानी बनाउनेको संख्यामा वृद्धि

उषा तामाङ

पौष ४, दोलखा


भुकम्प पछि दोलखामा राहदानी बनाउनेको संख्यामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा भुकम्प पछि राहदानी बनाउनेको संख्यामा प्रत्यक वर्ष वृद्धि हुदै गएको हो ।


२०७१ सालमा दोलखामा जम्मा दुई हजार ९ सय ७६ जनाले राहदानी बनाएका थिए । भुकम्प आएको वर्षमा यो संख्या करिव १ हजार पाँच सयले बढेको छ । २०७२ सालमा ४ हजार ४ सय ३५ जनाले राहदानी बनाएका थिए । २०७१ सालको तुलनामा यो संख्या १ हजार ४ सय ५९ ले बढि हो । यसैगरी २०७३ सालमा जिल्लाका ४ हजार ६ सय ६० जनाले राहदानी लिएका छन् । यसैगरी चालु वर्ष २०७४ मा हाल सम्म एक हजार ३ सय ६१ जनाले राहदानी लिइसकेका छन् ।

यो संख्या जिल्ला प्रशासन कार्यालय मार्पmत वितरण भएको राहदानीको मात्रै हो ।


भुकम्प पछि घर निर्माण लगाएतका जिम्मेवारी थपिए पछि वैदेशीक रोजगारीमा जान भन्दै राहदानी लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय दोलखाको भनाई छ ।


जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी बालकृष्ण कट्वालका अनुसार भुकम्प पछि जिम्मेवारी थपिएकाले पनि कमाउने सोचका साथ विदेश जानका लागी राहदानी बनाएका हु्न् । त्यसैगरी अध्ययनका लागी विदेश जाने सोचका साथ राहदानी बनाउनेको संख्या समेत वृद्धि हुदै गएको छ । १८ देखी ४० वर्ष उमेर समुहका मानिसले राहदानी लिने गरेका छन् ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP