Listen Live

जन्म दिनको अवसरमा जुम्बा प्रशिक्षक राजनले बाढे बालगृहमा न्यानो कपडा, फलफुल तथा स्टेशनरी

जन्म दिनको अवसरमा जुम्बा प्रशिक्षक राजनले बाढे बालगृहमा न्यानो कपडा, फलफुल तथा स्टेशनरी

पौष ७, चरिकोट


हाम्रो जुम्बा सेन्टर चरिकोटका प्रशिक्षक तथा स्थानिय कलाकार राजन बुढाथोकीले आफ्नो जन्मदिनको अवसरमा सदरमुकाम चरिकोट स्थित गौरिशंकर बालगृहमा न्यानो कपडा, फलफुल तथा स्टेशनरी सामाग्री वितरण गरेका छन् ।


गौरीशंकर बालगृहमा बस्दै आएका १५ जना बालकलाई टोपि, मोजा, जुत्ता ,पन्जा कापी कलम लगायतका स्टेशनरी सामाग्री र फलफुल वितरण गरिएको हो । उनले बालगृहमा गएर केक काटेर त्याहाका बच्चाहरु सँग आफ्नो जन्मदिन मनाएका छन ।


आफ्नो जन्मदिनको अवसरमा सामाजिक काम गर्न पाउदा निकै खुसी लागेको राजनले बताए । साथै , जिल्ला युवा समिति कार्यालय चरिकोट दोलखाले आयोजना गरेको जिल्ला स्तरिय युवा प्रतिभा पहिचान प्रतियोगितामा राजन पहिलो स्थान हासिल गर्न सफल भएका थिए ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP