Listen Live

लुथ्रन वल्ड सर्भिसको सहयोगमा बन्यो २ सय ४ वटा घर

पौष ७, चरिकोट


नेपाल भुकम्प पुनर्लाभ, पुन निर्माण तथा प्रतिकार्य परियोजनाले जिल्लाका विभिन्न स्थानमा २ सय ४ वटा घर निर्माण सम्पन्न गरेको छ । लुथ्रन वल्ड सर्भिसको सहयोग तथा स्थानीय साझेदार संस्था हुराडेक नेपालको साझेदारीमा सञ्चालित परियोजनाले गौरीशंकर गाउँपालीका वडा नम्बकर ५, सुरीका साविकका १ र २ वडामा १ सय ६४ र जिरी नगरपालीका वडा नम्बर ६ पाटिटारमा ४० गरी जम्मा २ सय ४ भुकम्प प्रतिरोधि स्थायी आवास निर्माण सम्पन्न गरेको हो ।


उक्त आवास निर्माणका लागी लुथ्रन वल्र्ड सर्भिसले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । यसैगरी जिरी नगरपालीका वडा नम्बर ७ पाटिटारको माथील्लो सिक्री प्राथमीक विद्यालयको ३ कोठे पक्कि भवन निर्माण गरी पठनपाठनमा सहयोग गरेको जनाएको छ ।


दोलखा सदरमुकाम चरिकोटमा आज समापन कार्यक्रमको आयोजना गरी ५ चरणमा सञ्चालन गरेको ७ दिने तालीम मार्पmत १ सय ४९ जनालाई डकर्मीको क्षमता अभिवृद्धि गरेको छ । साथै समुदायका एक हजार ७ सय ७७ जनालाई मनोसामाजिक सहायता प्रदान गरेको जनाएको छ ।


१ जुलाई २०१६ देखी सञ्चालनमा आएको परियोजनाका लागी २ सय ४ स्थायी अवाास निर्माणका लागी ६ करोड १७ लाख ५० हजार ७ सय २० रुपैया बजेट स्वीकृत भएकामा ६ करोड १७ लाख १४ हजार ५ सय ७७ रुपैया खर्च भएको छ ।


यसैगरी मनोसामाजिक कार्यक्रम सञ्चालनका लागी ३ लाख ३ हजार ९ सय ४० रुपैया बजेट स्वीकृत भएकामा ३ लाख १ सय १७ रुपैया खर्च भएको छ भने एउटा विद्यालय निर्माणका लागी १५ लाख १० हजार ५ सय ४५ रुपैया बजेट स्वीकृत भएकामा १५ लाख ७ हजार ९ सय ७५ रुपैया खर्च भएको जनाएको छ । ३ वटा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सञ्चालनका लागी ९० हजार रुपैया बजेट प्राप्त भएकामा ८९ हजार ८ सय २० रुपैया खर्च भएको छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP