Listen Live

कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको वडा कार्यलयमा तालावन्दी

पौष ८, दोलखा

कृषि सडक निर्माणका लागि छलफल गर्न बोलाइएको भेलामा विवाद हुँदा आक्रोशित बनेका उपभोक्ताले कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको वडा कार्यलयमा तालावन्दी गरेका छन् ।

कृषि सडक निर्माणका लागि आवश्यक छलफल गर्न आज बोलाइएको भेलामा विवाद भएपछि आक्रोशित बनेका उपभोक्ताले वडा कार्यलयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।


उनीहरुले उपभोक्ता समिति गठनमा वडा अध्यक्षले गैरजिम्मेवारपूर्ण तर्क गरेको र आवश्यक समन्वय पनि नगरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको बताएका छन् ।


वडाअध्यक्ष नन्दराज शिवाकोटीले भने अरुको उक्साहटमा आएर उल्उै  समिति गठनमा असहयोग गरेको बताउनुभएको कालिन्चोक सहकर्मी कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP