Listen Live

दोलखामा पहिलो चौमासीकमा ४ करोड भन्दा बढि राजश्व संकलन

उषा तामाङ
पौष ९, दोलखा

दोलखाका विभिन्न सरकारी कार्यालयले पहिलो चौमासीकमा ४ करोढ ६७ लाख २३ हजार ५ सय ४६ रुपैया राजश्व संकलन गरेको छ ।


चालु आर्थिक वर्षको पहिलो चौमासीकमा कोष तथा लेखा नियन्त्रण कार्यालयले सबै भन्दा बढि राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ को श्रावण महिना देखी कात्तिक मसान्त सम्म कार्यालयले २ करोड ३९ लाख २० हजार १ सय ५४ रुपैया संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी विनोद हुमागाईले जानकारी दिनुभयो ।


जिल्लाका विभिन्न सरकारी कार्यालय मध्य जिल्ला प्रशासन कार्यालय दोलखाले ५१ लाख ३० हजार २ सय ४६ रुपैया संकलन गरेको छ । यसैगरी डिभिजन सडक कार्यालय दोलखाले ४२ लाख २ हजार ४ सय १२, जिल्ला समन्वय समितिको कार्यालयले ४० लाख ८३ हजार ४ सय ३१, जिल्ला शिक्षा कार्यालय दोलखाले १७ लाख ५४ हजार ९ सय ५०, जिल्ला मालपोत कार्यालय दोलखाले १४ लाख १ हजार ९ सय ५८ रुपैया राजश्व संकलन गरेको छ ।


घरेलु तथा साना उद्योग विकास समिति दोलखाले १३ लाख ३२ हजार ९ सय ७५, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ११ लाख १५ हजार, जिरी नगरपालीकाको कार्यालयले ९ लाख ९२ हजार ८ सय ९६, जिल्ला अदालत दोलखाले ७ लाख १ हजार ५ सय ६२, नापी शाखा कार्यालयले ५ लाख ७० हजार ८ सय ९०, पशु विकास फार्म जिरीले ४ लाख ४ हजार ६ सय ८५, जिल्ला हुलाक कार्यालय दोलखाले २ लाख ७९ हजार ७ सय ९४ रुपैया राजश्व संकलन गरेको छ ।


डिभिजन सहकारी कार्यालय दोलखाले १ लाख २० हजार ३ सय ५०, रणभीम गण दोलखाले १ लाख ८ हजार ८ सय १०, जिल्ला स्वास्थ्य कार्यालय दोलखाले १ लाख १२ हजार ३ सय राजश्व संकलन गरेको छ ।
सो अवधिमा जिल्ला बन कार्यालय दोलखाले सबै भन्दा कम एक सय रुपैया राजश्व संकलन गरेको छ ।


Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP