Listen Live

पत्रकार निता राउतद्धारा मृगौला पिडितलाई सहयोग हस्ताण्तरण

पत्रकार निता राउतद्धारा मृगौला पिडितलाई सहयोग हस्ताण्तरण

पौष १५÷चरिकोट


दोलखाको झुलेका मृगौलापिडित केदार कार्की बचाउ अभियान अन्तरगत पत्रकार निता राउतले संकलन गरेको रकम आज हस्तान्तरण गरिएको छ ।


फेसबुक मार्फत संकलन गरिएको १ लाख २ हजार १ सय २४ रुपैयाँ आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरी कार्कीका श्रीमती सीतादेवि कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।
तामाकोशी गाउँपालिका २ झुले निवासी केदार कार्कीको दुवै मृगौला खराब भएपछि अहिले काठमाडौमा उपचारत हुनुहुन्छ ।


आर्थिक अवस्था कमजोर रहेको र अप्रेशनका लागि रकम अभाव भएको थाहा पाएपछि कालिञ्चोक सामुदायिक एफएममा कार्यरत नेपाल पत्रकार महासघं दोलखाकी पार्षद एवम् क्रियाशिल पत्रकार महिला समूहकी अध्यक्ष समेत रहनुभएकी राउतले सहयोग रकम संकलन अभियान थाल्नुभएको थियो ।


सोही रकम आज कार्कीको उपचारका लागि हस्तान्तरण गरिएको हो । राउतले यसअघि पनि समस्या पर्दे आएकालाई सहयोग गर्दे आउनुभएको छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP