Listen Live

सिंगटी बजार सँगैको भिर व्यवस्थापन नगरेको भन्दै बजारवासीद्धारा बजार बन्द

पौष १६, चरिकोट


दोलखाको उत्तरी सिंगटी बजार सँगैको भिरको उचित व्यवस्थापन नगरेको भन्दै सिंगटी बजारका स्थानीयवासीले बजार बन्द गरेका छन् ।


आज बिहान ७ बजे देखी सिंगटी बजार संघर्ष समितिको अगुवाईमा बजार बन्द गरेका हुन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले करिव ३ वर्ष अघि नै बजार सँगैको भिर उचित व्यवस्थापन गर्ने जिम्मा लिएको भए पनि हाल सम्म कुनै प्रक्रिया अघि नबढाए पछि बजार वरपर कुनै पनि सवारी साधन चल्न दिएका छैनन् ।


उक्त भिरको उचित व्यवस्थापन नहुँदा आफुहरु जोखीममा परेकाले आन्दोलनमा उत्रनु परेको सिंगटी बजार संघर्ष समितिका संयोजक विनोद मोक्तानले जानकारी दिनुभयो ।


केहि समय पछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रतिनिधि सँग छलफल गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिनुभयो ।   


Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP