Listen Live

विवादका बीच स्थगीत गरिएको दोलखा फुटबल संघको अधिवेशन गर्ने बाटो खुल्ला

उषा तामाङ
पौष १७÷दोलखा


विवादका बीच स्थगीत गरिएको दोलखा फुटबल संघको अधिवेशन गर्ने बाटो खुल्ला भएको छ । दोलखा फुटबल संघको अधिवेशन गत पौष ११ गते तोकिएको भए पनि अखिल नेपाल फुटबल संघले विवादका कारण छानविन गर्न भन्दै स्थगीत गरेको थियो ।


अधिवेशनमा प्रतिनिधि हुनका लागी संघमा आवद्ध क्लव मध्येबाट एउटा क्लव बराबर ३ जना प्रतिनिधि जान पाउने व्यवस्था रहेको छ । सोहि अनुरुप उपाध्यक्ष गोविन्द श्रेष्ठले लालीगुँरास युवा क्लबबाट प्रतिनिधिका लागीि नाम पठाउनुभएको थियो । तर  दोलखा फुटबल संघले श्रेष्ठको नाम प्रतिनिधिको लिष्टबाट हटाएर एन्फामा पेश गरे पछि छानवीनको माग गर्दै श्रेष्ठले निर्वाचन समितिको कार्यालय काठमाडौमा निवेदन दिनुभएको थियो ।


श्रेष्ठको निवेदन परेपछि अखिल नेपाल फुटबल संघले छानविन गर्न भन्दै पौष ११ गते तोकेको अधिवेशन स्थगीत गरेको थियो ।


दोलखा फुटबल संघका अध्यक्ष बाबुकाजी बस्नेतले दोलखा फुटबल संघका उपाध्यक्ष गोविन्द श्रेष्ठले संघको विधान विपरीत काम गरेपछि २०७३ असार २८ गतेको बैठकले निलम्बन गरेका कारण श्रेष्ठको नाम प्रतिनिधिबाट हटाएको बताउनुभयो ।


अखिल नेपाल फुटबल संघले भने उपाध्यक्ष श्रेष्ठलाई गरेको कारवाहि अवैधानिक भएको भन्दै दोलखा फुटबल संघको निर्णयलाई बदर गरेको छ । एन्फाले उपाध्यक्ष श्रेष्ठलाई समेत संलग्न गराई अधिवेशनको मिति तोक्न निर्देशन समेत दिएको छ ।


जिल्ला फुटबल संघको अधिवेशन पौष ५ देखि माघ ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने छ । दोलखा फुटबल संघमा विभिन्न ११ क्लबबाट ३३ जना प्रतिनिधि सहभागी हुन पाउने छन् । जसमा ११ जनाले मतदान गर्न पाउने छन् । यो अधिवेशनले दोलखा फुटबल संघको नयाँ कार्यसमिति चयन गर्ने छ । संघका उपाध्यक्ष श्रेष्ठले कालिन्चोक एफएम संग कुराकानी गर्नुहुदै एन्फाले गरेको निर्णय न्याय सम्वत भएको भन्दै दोलखा फुटबल संघमा आफु अध्यक्ष पदको दावेदर रहेको समेत बताउनुभयो ।


जिल्ला फुटबल संघ दोलखाका अध्यक्ष बाबुकाजी बस्नेतले कार्यसमिति बैठक बसी अधिवेशन मिति तोक्ने बताउनुभयो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP