Listen Live

लागु औषध विरुद्ध दोलखामा हालसम्म ३ वटा मुद्धा दर्ता

पौष १९÷चरिकोट


लागु औषध विरुद्ध जिल्ला प्रहरी कार्यलयबाट चालु आर्थिक वर्षको हालसम्म ३ वटा मुद्धा दोलखा अदालतमा दर्ता भएको छ । हालसम्म करिव ३१ सय ८५ बोट गाँजा नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिनुभएको छ ।


सदरमुकाम चरिकोटमा आज आयोजित कार्यक्रममा लागु औषध सम्बन्धमा प्रशासनको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै थापाले यस्तो जानकारी दिनुभएको हो ।


साथै उहाँले लागू औषध नियन्त्रणका लागि तराइसँग सिधा सडक सम्पर्क हुनु, जनचेतनामुलक कार्यक्रम नहुनु जस्ता चुनौती रहेकोे जानकारी दिनुभयो ।


थापाले तराईसँग सिधा सडक सम्पर्क भएको कारण लागू औषध कारोवारको ट्रान्जिट बन्ने सम्भावना भएको, लागू औषध सम्बन्धमा हालसम्म दोलखामा जनचेतनामुलक कार्यक्रम नभएको, दोलखा भौगोलिक रुपमा विटक रहेकाले अपराधी लुकी छिपि बस्न सक्ने सम्भावना रहेको, गरिवीका कारण पैसाका लागि सजिलै लागू औषध सम्बन्धि अपराधमा संलग्न हुने सम्भावना रहेको र शिविष्टिकृत रुपमा लागू औषध सम्बन्धी कार्य गर्ने सघं संस्था नहुनु चुनौती रहेको जानकारी गराउनुभयो ।


गृह मन्त्रालय लागू औषध नियन्त्रण कार्यक्रमको आयोजनामा लागू औषध नियन्त्रणको क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी सघंसंस्था र सरोकारवालाबीच छलफल कार्यक्रम चरिकोटमा गरिएको हो । कार्यक्रम जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP