Listen Live

दोलखा युवा समाज मलेसियाद्वारा ब्लड क्यान्सर पिडित मदन केसीलाई आर्थिक सहयोग

दोलखा युवा समाज मलेसियाद्वारा ब्लड क्यान्सर पिडित मदन केसीलाई आर्थिक सहयोग
भि.न.पा ५ निबासी नारायण केसीका १६ वर्षिय छोरा मदन केसीलाई दोलखा युवा समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । मदन केसी ब्लड क्यान्सर वाट पिडित छन् । दोलखाबाट कामको सिलसिलामा मलेसियामा रहेका नेपालिहरुबाट संकलन गरीएको  एक लाख एक हजार आठ सय चालिस रुपैया रकम पिडितका बुबा नारायण केसीलाई हस्तान्तरण गरिएको छ । निस्वार्थ रुपमा गरिएको सेवा नै धर्म हो भन्ने भावनाबाट मलेसियामा रहेका नेपालिहरुबाट संकलित रकम हस्तान्तरण गरिएको दोलखा घर भई हाल मलेसियामा कार्यरत प्रदेशी एक्का श्रेष्ठले बताउनु भयो  ।
रकम संकलनको लागि मलेसियामा रहेका दोलखाली र अन्य जिल्लाबाट कामको सिलसिलामा मलेसियामा रहेका नेपालि र दोलखाली मलेसिया यूवा समाजको कोषबाट केहि रकम कटा गरि उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको श्रेष्ठले बताउनु भयो ।
 आर्थिक अबस्था कमजोर रहेका केसी चरिकोट स्थित कालिञ्चोक माविमा अध्यनरत हाल काठमाडौ मोर्डन अस्पतालमा उपचार गराईरहेका छन । आर्थिक अबस्था कमजोर रहेका केसीलाई विभिन्न व्यक्ति तथा संघ÷संस्थाले सहयोग आउने क्रम जारी रहेको छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP