Listen Live

भुकम्प अघि र पछि सँग सम्बन्धित दोलखाका फोटोहरु प्रदर्शनी गरिदै

बैशाख ७, चरिकोट


नेपाल पत्रकार महासंघ दोलखाले फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गर्ने भएको छ । भुकम्प पिडा पछिको उत्साह विषयक फोटो प्रदर्शनी आयोजना गर्न लागीएकाले भुकम्प अघि र पछि सँग सम्बन्धित दोलखा जिल्ला भित्रका फोटोहरु उपलब्ध गराउन महासंघले सबैलाई अनुरोध गरेको छ ।


फोटो बैशाख २० गते सम्म महासंघको कार्यालय वा इमेल Fnjdolakha@gmail.com मा इमेल गरी उपलब्ध गराउन सकिने नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । छनौट भएका एक सय फोटो प्रदर्शनिमा राखीने छन् ।


छनौट भएका फोटोहरुलाई ५ सय रुपैयाका दरले भुक्तानी गरिनुका साथै विक्री भएका फोटोहरुको उचित मुल्य सम्बन्धित फोटोग्राफरलाई उपलब्ध गराइने महासंघले जनाएको छ । फोटो प्रदर्शनी बैशाख २९ र ३० गते ए वान पार्टि प्यालेस चरिघ्याङमा गरिनेछ । मोबाइलबाट खिचेका फोटो समेत पठाउन सकिने छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP