Listen Live

दोलखाको भिमेश्वर नगरपालीकाको ऐन सहित कार्यविधि नियमावली पारीत

उषा तामाङ


बैशाख ८, चरिकोट


दोलखाको भिमेश्वर नगरपालीकाले स्थानीय सरकार सञ्चालनका लागि ८ वटा ऐन सहित विभिन्न कार्यविधि नियमावली पारीत गरेको छ । निर्वाचन पश्चातको दोश्रो नगरसभाको बैठकले निर्माण गरेका समितिहरुको गहन छलफल र अभ्यास पछि करिव ३ महिना लगाएर तयार गरेको विभिन्न ऐन, कार्यविधि र नियमावली प्रकाशित गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । ।


नगरपालीकाकाले आधारभुत तथा माध्यमीक शिक्षा ऐन २०७४, आधारभुत सरसफाई तथा फोहोरमैला व्यवस्थापन ऐन २०७५, कृषि तथा पशुपालन सम्बन्धि ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०७४, प्रशासकिय कार्यविधि ऐन २०७४, न्यायीक समिति २०७४, ऐन कार्यविधि सम्बन्धि सरकारी ऐन २०७४ र सडक तथा सार्वजनिक मापदण्ड निर्धारण ऐन २०७४ पारित गर्दै स्थानीय सरकारको राजपत्र प्रकाशन सम्बन्धी निर्णय गरेको छ ।


त्यसैगरी नगरपालीका बैठकबाट घ वर्गको निर्माण व्यवसायी दर्ता नियमावली २०७५, भ्रमण खर्च नियमावली २०७५, नगरपालीकाको राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७५ र करारमा जनशक्ति राख्ने सम्बन्धि कार्यविधि २०७५ स्वीकृत गरीएको भिमेश्वर नगरपालीकाका प्रमुख भरत केसीले जानकारी दिनुभयो ।


कार्यपालीका बैठकले टोल सुधार समितिको विधान २०७५ पनि स्वीकृत गरेको छ । सबै ऐन नियमावली तथा कार्यविधिलाई नगरपालीकाको वेभसाईटमा राखीने जनाएको छ ।


यसैबिच भिमेश्वर नगरपालीकाले आगामी आर्थिक वर्षका लागी योजना प्रक्रियाको कार्यतालीका स्वीकृत गरी कार्यथालनी गरेको छ । भिमेश्वर नगरकार्यपालीकाको आजको बैठकले आगामी आर्थिक वर्षका लागी योजना प्रक्रियाको कार्यतालीका स्वीकृत गरी कार्यथालनी गरेको जनाएको हो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP