Listen Live

दोलखा चेस कप २०७५ आयोजना हुदै

दोलखा चेस कप २०७५ आयोजना हुदै

उषा तामाङ

बैशाख ९, चरिकोट
दोलखामा दोलखा चेस कप २०७५ आयोजना हुने भएको छ । खेलकुद विकास समितिका पुर्व अध्यक्ष तथा समाजसेवी स्वर्गिय श्याम बहादुर श्रेष्ठको स्मृतीमा यहि १५ गतेबाट दोलखा चेस कप आयोजना हुने भएको हो ।


चेस प्रतियोगीतामा दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका खेलाडीले सहभागीता जनाउन सक्नेछन् ।


प्रतियोगीतामा खुल्ला र विद्यार्थीहरुका लागी छुट्टै दुई चरणको प्रतियोगीता आयोजना गरिने दोलखा चेस संघले जनाएको छ । खुल्ला तर्फबाट सहभागी भई प्रथम हुने खेलाडीले नगद १५ हजार, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्धितीय हुने खेलाडीले नगद १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र त्यसैगरी तृतीय हुने खेलाडीले नगद १० हजार रुपैया प्राप्त गर्ने छन् । 


विद्यार्थीबाट सहभागी भई प्रथम हुने विद्यार्थी खेलाडीले नगद ५ हजार, द्धितीय हुनेले ४ हजार, तृतीय हुनेले ३ हजार र चौथो, पाचौ हुने खेलाडीलाई नगद २–२ हजार रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगीतामा विभिन्न १५ विधामा १ लाख १० हजार रुपैयाको नगद पुरस्कार खेलाडीले प्राप्त गर्ने छन् ।


१८ गते सम्म सञ्चालन हुने प्रतियोगीताको कुल लागत २ लाख ७८ हजार अनुमान गरिएको दोलखा चेस संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागी हुन आयोजक संस्था दोलखा चेस संघले सम्पुर्ण खेलाडीलाई अनुरोध गरेको छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP