Listen Live

जवाफदेही स्थानीय शासन सम्वन्धि तालिम सम्पन्न

जवाफदेही स्थानीय शासन सम्वन्धि तालिम सम्पन्न

बैशाख ९, चरिकोट

स्थानीय तहमा क्रियासिल नागरिक समाजका संस्थाहरुको क्षमता विकासका लागि आयोजित तिन दिने तालिम दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।

जिल्लाको तामोकासी, वैत्यश्वर, कालिञ्चोक गाउँपालिका लगायतमा क्रियासिल स्थानीय सभा, नागरिक सञ्जाल, युवा सञ्जाल र महिला अधिकार मञ्चका सदस्यहरुको लागि आयोजित जवाफदेही स्थानीय शासन, योजना तर्जुमा र सूचनाको हक सम्वन्धि तालिममा १७ महिला सहित २२ जनाको सहभागिता रहेको थियो ।

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोखलाले युएसएआईडीको अर्थिक सहयोगमा एफएचआई ३६० सँगको साझेदारीमा सञ्चालन गर्दै आएको नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना र एक्सनएड नेपाल सँगको साझेदारीमा सञ्चालन गर्दै आएको समुदायको अगुवाईमा जवाफदेहिताको असल अभ्यास परियोजनाले तालिम आयोजना गरेको हो ।

तालिम कार्यक्रमा स्थानीय तहको काम कर्तव्य र अधिकार, स्थानीय सरकार सञ्चाल ऐन, २०७४ मा व्यवस्था भएका प्रावधानहरु, स्थानीय सरकारको बार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रिया, जवाफदेहिताका औजारहरु र यसको व्यवहारिक प्रयोग, सूचनाको हक सम्वन्धि ऐन र नियमावलीमा भएका प्रावधान, सुशासन, पुर्ननिर्माणका सवाल र सूचना माग गर्ने प्रक्रियामा बारेमा तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, बरिष्ठ सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाई, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, हुराडेक नेपालका उप कार्यकारी निर्देशक राजु वि.क. परियोजना संयोजक शेरबहादुर भुजेल, कार्यक्रम अधिकृत मुकेश रजक, महिला अधिकार मञ्च दोलखाका अध्यक्ष मेनुका सुवेदी लगयतले सहजिकरण गर्नु भएको थियो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP