Listen Live

अवैध हतियार सहित बोचका एक पुरुष पक्राउ

बैशाख ९, चरिकोट


अवैध हतियार सहित दोलखाको भिमेश्वर नगरपालीका वडा नम्बर ८ बाट एक पुरुष पक्राउ परेका छन् । प्रहरीले भिमेश्वर नगरपालीका वडा नम्बर ८ बोच यार्शाका हरि बहादुर तामाङलाई २ थान भरूवा बन्दुक र सोहि बन्दुकमा लाग्ने कार्टिज र बारुद सहित पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद गरिएको दोलखा प्रहरीले जनाएको छ ।

हतियार सहित पक्राउ परेका तामाङलाई आजै सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP