Listen Live

बेवारीसे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला

बैशाख १०, चरिकोट


दोलखाको भिमेश्वर नगरपालीका वडा नम्बर ८ बोचमा बेवारीसे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला परेको छ ।


आइतबार प्रहरी चौकी बोचका प्रहरी टोलीले भिमेश्वर नगरपालीका वडा नम्बर ८ कृषी फर्म स्थित कृषी फर्मको चिया बगानमा लुकाई राखेको अवस्थामा ३ नाल भरुवा बन्दुक फेला परेको हो ।

बरामद गरिएका हतियार जिल्ला प्रहरी कार्यालयमा राखी हतियार कस्को भन्ने विषयमा अनुसन्धान भइरहेको दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP