Listen Live

दोलखामा भुकम्प पछि बन्द रहेको ब्लड बैङ्क पुनः सञ्चालनमा

बैशाख १७, चरिकोट


दोलखामा भुकम्प पछि बन्द रहेको ब्लड बैङ्क पुनः सञ्चालनमा आएको छ । २०६५ सालमा स्थापना भएको ब्लड बैङ्क २०७२ सालको भुकम्प पछि बन्द भएको थियो ।
ल्बड बैङ्कको सेवा प्रदान गर्ने भवन प्रवलिकरण गरेपछि पुन यस सेवालाई सञ्चालनमा ल्याइएको हो ।


नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाद्धारा सञ्चालीत ४० पिन्ट भण्डारण क्षमता भएको बैंक पुनः सञ्चालनमा आए पछि रगत अभावको समस्या अन्त्य हुने भएको छ ।


रगतको अभावका कारण कसैको मृत्यु हुन नदिन पुन ब्लड बैंक सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकका संयोजक बाबुकाजी बस्नेतले बताउनुभयो ।
ब्लड बैङ्क बन्द रहँदा बिरामीले समस्या भोग्दै आउनुपरेको थियो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP