Listen Live

जिरी एयरर्पोट पुनः संचालनका लागि आवश्यक पहल गर्न आफु तयारः मन्त्री अधिकारी

जिरी एयरर्पोट पुनः संचालनका लागि आवश्यक पहल गर्न आफु तयारः मन्त्री अधिकारी

बैशाख १९, दोलखा

 संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले जिरी एयरर्पोट पुनः संचालनका लागि आवश्यक पहल गर्न आफु तयार रहेको बताउनुभएको छ ।


आज जिरी एयरर्पोट पुनः संचालनको सम्वन्धमा स्थलगत निरिक्षण गर्नुभएका उहाँले विशेष गरि काठमाण्डौको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ लगायत पुर्वी क्षेत्रको पर्वतिय उडानको लागि जिरी एयरर्पोट उपयुक्त रहेको बताउनुभयो ।


मन्त्री अधिकारीले रामेछापको मन्थलीमा हाल संचालनमा रहेको एयरर्पोटको समेत चर्चा गर्दै उक्त स्थानमा एयरर्पोट संचालन हुनु आवतजावतका लागि ठिक भएतापनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा संचालन अपरिहार्य रहेको बताउनुभएको छ ।


जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउदै उहाँले जिरी नगएमा नेपालको घुमफिर अधुरो रहने टिप्पणी गर्नुभयो । विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट नापीको बेला कृषि मन्त्रालय अन्तरगत जानु ठुलो भुल भएको बताउदै अव फेरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत नै ल्याई आन्तरिक हवाई सेवा संचालनका लागि आफुले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभएको छ ।


जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले जिरी एयरर्पोट पुनः संचालनका लागि विगतमा भएको प्रयासबारे जानकारी गराउनुभएको थियो ।


उहाँले २०५२ साल अगाडी सम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट  तत्कालिन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिन समेत कृषि ब्लक अन्तरगत नापी गरिएकोले हाल एयरर्पोट संचालनमा समस्या परिरहेको बताउनु भयो ।


२०४४ सालमा जिरी लामोसागु सडक निर्माण पछि बन्द भएको हवाई सेवा २०५३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालको पालमा नै ४०० मि रन वे लाई उत्तरतर्फ बढाई ६०० मिटर कायम गरि ३० सेमि ग््रयाभेलिङ समेत गरि पुनः संचालनको लागि विस्तृत आयोजना प्रतिबेदन ९म्एच्० तयार गरि प्रकृया अगाडि बढाईएको थियो तर उक्त फाईल मन्त्रलायबाट हराएको थियो, पुनः २०७२ सालमा आनन्द प्रसाद पोखरेल संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रि हुँदा फेरी विस्तृत आयोजना प्रतिबेदन ९म्एच्० सहित तारा एयरलाईन्सको सफल परिक्षण उडान समेत भईसकेकोले एयरपोर्ट संचालनको लागि जग्गाको स्वामित्व बाहेक अन्य कुनै प्राविधिक समस्या नभएको जिरी नगरपालीकाका प्रमुख जिरेलले बताउनुभयो ।  

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP