Listen Live

लाइभ पप म्युजिक सहित सञ्चालनमा आयो होटल टुटेपानी लन्चबार

लाइभ पप म्युजिक सहित सञ्चालनमा आयो होटल टुटेपानी लन्चबार

बैशाख २१, चरिकोट


दोलखा सदरमुकाम चरिकोटमा सुविधा सम्पन्न होटल टुटेपानी लन्चबार आज उद्घाटन गरीएको  छ । भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी रिबन काटि होटल  प्रवेश गर्नुभएको थियो भने केक काटेर उद्घाटन गरीएको थियो ।


दोलखाबासीहरु र दोलखामा आउने पाहुनालाई स्वागत, सत्कार तथा मनोरन्जनका लागि नयाँ वातावरणमा सञ्चालन गरिएको टुुटेपानी लन्चबारमा हप्ताको दुई पटक लाइभ पप म्युजिक सञ्चालन हुने छन् । हाललाई साताको शुक्रबार र शनिबार उक्त सुविधा प्रदान गरिएको र आवश्यक परेमा थप म्युुजिक लाइभ गरीने जनाइएको छ ।


लन्चबार उद्घाटन समारोहमा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, भिमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरीशरण सिवाकोटी, भिमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, चरीकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ, लालिगँुरास युवा क्लबका अध्यक्ष विमल श्रेष्ठ, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।


दोलखा जिल्लामै पहिलो पटक लाइभ पप म्युजिक सहित सञ्चालन भएको होटल टुटेपानी लन्चबार ७० लाख लागतमा सञ्चालन गरिएको होटल टुटेपानीका प्रोपाइटर प्रविन श्रेष्ठले जानकारी दिनु भयो ।

तस्वीरःहोटल टुटेपानीको फेसबुक पेज

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP