Listen Live

आजदेखी नियमीत यातयात सञ्चालन, दोलखाबाट काठमाण्डौका लागी बस प्रस्थान

आजदेखी नियमीत यातयात सञ्चालन, दोलखाबाट काठमाण्डौका लागी बस प्रस्थान

बैशाख २२, चरिकोट


यातायात व्यवसायीले आजदेखि नियमित रुपमा सेवा सञ्चालन गरेका छन् ।


यातायात व्यवसायी महासंघ आन्दोलनका संयोजक योगेन्द्रनाथ कर्माचार्यले देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन गरेको जानकारी दिनुभएको हो । उहाँले हिजोको यातायात बन्दका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति क्षमायाचना गर्दै अर्को निर्णय नभएसम्म यातायात सञ्चालन गर्ने बताउनुभयो ।


यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने कर्माचार्यको भनाइ छ ।
सरकारको पछिल्लो कदमको समिक्षा एवं आगामी रणनीति तय गर्न महासंघको बैठक आज १ बजेपछि बोलाइएको कर्माचार्यले बतााउनुभयो ।


यद्यपी २७ गते पछिका आन्दोलनका कार्यक्रममा कुनै हेरफेर नगरेको भएपनि आज बस्ने बैठकबाट ठोस निर्णय गर्ने तयारी रहेको कर्माचर्यको भनाइ छ ।


यातायात व्यवसायीले आजदेखि नियमित रुपमा सेवा सञ्चालन गरे पछि दोलखाबासी सहित आसपासका जिल्लाबासीलाई सहज भएको छ । दोलखा सिन्धुपाल्चोक, काभ्रेपाल्चोक सहित आसपासका जिल्लाहरुमा आफ्नो सेवा दिदै आएको अरनिको यातायात सेवा समिति र रोल्वालिङ यातयात सेवा समितिले आफ्ना सवारी सञ्चालन गराए पछि गाउँगाउँबाट सदरमुकाम, राजधानि जाने र राजधानि बाट दोलखा भित्रने सम्पुर्ण यात्रुहरुलाई सहज भएको हो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP