Listen Live

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको अध्यक्षमा प्रताप विष्ट निर्वाचित

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको अध्यक्षमा प्रताप विष्ट निर्वाचित

बैशाख २२, चरिकोट


नेपाल पत्रकार महासंघ अन्र्तगत ७ वटै प्रदेश समितिको निर्वाचन आज भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समिति चयनका लागी प्रत्यक जिल्ला शाखामा आज मतदान भएको थियो ।


नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको अध्यक्षमा प्रताप विष्ट निर्वाचित हुनुभएको छ । प्रतिद्धन्दी गिरिजा प्रसाद अधिकारीलाई एक सय ७९ मत अन्तरले पछि पार्दै अध्यक्ष पदमा विष्ट विजयी हुनुभएको हो । विजयी विष्टले कुल ४ सय ९० मत पाउनुभएको छ भने अर्का उम्मेद्धार अधिकारीले ३ सय ११ मत पाउनुभएको छ ।


नेपाल पत्रकार महासंघ दोलखाबाट ६४ मत खसेकामा विष्टको पक्षमा ४५ मत आएको छ भने अधिकारीको पक्षमा १९ मत आएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखामा १ सय ४८ सदस्य रहे पनि आज भएको निर्वाचनमा ६४ जनाले मात्रै मतदान गरेका छन् ।


यसैबिच ३ नम्बर प्रदेश समितिको खुल्ला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानिमैयाँ कार्की, महासचिवमा कृष्ण सारु मगर, सचिवमा सुरेन्द्र प्रसाद हुमागाई, समावेशी सचिवमा राजन विक र कोषाध्यक्षमा सीताराम अधिकारी निर्विरोध भइसक्नुभएको छ ।


यसैगरी खुल्ला सदस्यमा प्रविण बराल, रविन्द्र गौतम, रामकान्त पौडेल, रामचन्द्र नेपाल, रामहरी गजुरेल, युवराज पुरी, महिला सदस्यमा जानुका न्यौपाने, नानिमैयाँ विष्ट, शर्मिला उप्रेति, दलित सदस्यमा मदन विश्वकर्मा, आदिवासी जनजाति सदस्यमा इश्वरकुमार जोशी, जीवन श्रेष्ठ, मधेशी सदस्यमा कोमलचन्द्र भगत, अल्पसंख्यकमा बद्रि नयाँघरे निर्विरोध भइसक्नुभएको छ । मधेशी कोटामा दुई जना छुट्याइए पनि एक जनाको मात्रै उम्मेद्धारी परे पछि खुल्ला सदस्य ६ जना कायम गरिएको छ ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP