Listen Live

ढल्केबर सिन्धुलीको ३३ केभी प्रसारण लाईन दोलखामा

बैशाख ३०, चरिकोट


ढल्केबर सिन्धुलीको ३३ केभी प्रसारण लाईन दोलखामा जोडिएको छ । यस अघि ढल्केबर– सिन्धुली–रामेछाप सम्म विस्तार भएको ३३ केभी प्रसारण लाईन दोलखा सम्म ल्याइएको हो । ३३ केभि लामोसाँघु चरिकोट प्रसारण लाइनबाट मात्रै दोलखामा बत्ति बाल्ने गरिएकामा ढल्केबर दोलखा प्रसारण लाईन पनि सञ्चालनमा ल्याइएको छ ।


लामोसाँघु चरिकोट प्रसारण लाईनमा समस्या आएमा विकल्पका रुपमा ढल्केबर सिन्धुली रामेछाप दोलखा लाईन प्रयोगमा ल्याउन सकिने नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।


नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका केन्द्र प्रमुख इन्जिनियर विनोद अधिकारी, नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका केन्द्र प्रमुख इन्जिनियर अमृतबाबु अधिकारीको संयुक्त प्रयासमा ढल्केबर सिन्धुली रामेछाप दोलखा प्रसारण लाईन मार्पmत दोलखामा बत्ति बलेको छ ।


Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP