Listen Live

सोमबार तरुण दल दोलखाले ९ वटै स्थानीय तहमा एक घण्टा घेराउ गर्ने

बैशाख ३०, चरिकोट


स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष बित्दा समेत जनप्रतिनिधिले अपेक्षाकृत काम गर्न नसकेको नेपाल तरुण दल जिल्ला कार्यसमिति दोलखाले आरोप लगाएको छ । तरुण दल दोलखाले सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन गर्दै दोलखाको ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले अपेक्षाकृत काम गर्न नसेकेको आरोप लगाएको हो ।


स्थानीय तहमा विकृती विसंगती बढ्दै गएको भन्दै जनप्रनितिधिलाई खबरदारीका निमीत्त भोली ९ वटै स्थानीय तहमा एक घण्टा घेराउ गर्दै ज्ञापन पत्र बुझाउने जनाएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष दावासाङगे शेर्पाले भोली मध्यान्ह १२ बजे देखी १ बजे सम्म ९ वटै स्थानीय तहमा एक घण्टा घेराउ गर्दै ज्ञापन पत्र बुझाउने भएकाले अभियानमा साथ दिन अनुरोध गर्नुभएको छ । अभियानका लागी ९ वटै स्थानीय तहमा अभियानको संयोजक तोकिएको छ ।


तरुण दलले भिमेश्वर नगरपालीकाको लागी अध्यक्ष दावासाङ्गे शेर्पा, जिरी नगरपालीकाको लागी जिल्ला कार्यसमिति सदस्य देवेन्द्र अर्याल, तामाकोशी गाउँपालीकाका लागी उपाध्यक्ष चित्र बहादुर तामाङ, विगु गाउँपालीकाका लागी जिल्ला उपाध्यक्ष विदुर कार्की, शैलुङ गाउँपालीकाका लागी उपाध्यक्ष गणेश ठकुरी, मेलुङ गाउँपालीकाका लागी सचिव चित्र प्रसाद दहाल, कालिन्चोक गाउँपालीकाका लागी सह सचिव विकास खड्का, गौरिशंकर गाउँपालीकाका लागी क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति ङावा शेर्पा, वैत्यश्वर गाउँपालीकाका लागी जिल्ला कार्यसमिति सदस्य प्रेम ढुङ्गेललाई अभियानको संयोजक तोकिएको छ ।

तरुण दलले चुनावी समयमा जारी गरेको घोषणापत्र र जनता समक्ष गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्नुको साट्टो व्यक्तिगत र दलीय स्वार्थबाट प्रेरीत भएर स्थानीय तहमा बेथिति र विसंगती, संस्थागत भ्रष्टाचार बढेको विज्ञप्तीमा उल्लेख छ ।


Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP