Listen Live

चरिकोट स्थित सातदोबाटोमा निर्माण गरिएको प्रहरी चौकीको भवन उद्घाटन

बैशाख ३०, चरिकोट


दोलखा सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा निर्माण गरिएको प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । भवनको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीेले उद्घाटन गर्नुभयो ।


भिमेश्वर नगरपालीका वडा नम्बर ३, ६, विभिन्न संस्था र व्यक्तिको सहयोगमा भवन निर्माण गरिएको हो । कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष ऋषि न्यौपानेले उक्त भवन ४ लाख ६६ हजार ६ सय ४३ रुपैयामा निर्माण गरिएको जानकारी दिनुभयो ।


सोहि अवसरमा प्रहरी चौकीले भिमेश्वर नगरपालीका वडा नम्बर ३, ६, व्यवसायी पृथ्वी श्रेष्ठ, सुन्दर कार्की, रामकृष्ण श्रेष्ठ, इन्द्र श्रेष्ठ, दिनेश थापा, प्रवास भिजन इन्भेष्टमेन्ट प्राली, भिमेश्वर वितरक सघ दोलखा, नेपाल सुनचाँदि कला व्यवसायी संघ दोलखा सहित २४ व्यक्ति तथा संघसंस्थालाई नगद र जिन्सी सहयोग गरेको भन्दै सम्मान पत्रले सम्मान गरिएको छ ।


भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष ऋषि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक रोमश्वर कार्की, भिमेश्वर नगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, दोलखा उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश थापा, पत्रकार चिरन्जीवि मास्के, प्रवास भिजन इन्भेष्टमेन्ट प्रालिका हरि खत्री लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Latest News

Get Connected

© 2018 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP